Shikhar Insurance
National Life

एकिकृत समाजवादीका दुई मन्त्रीको टुंगो, एकको खोजी जारी

सिंहदरबार संवाददाता
२०७९ चैत्र ७, मंगलवार १७:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ एकिकृत समाजवादी पार्टीले सरकारमा ३ वटा मन्त्रालय पाउने मोटामोटी समझदारी बनिसकेको छ । १० सांसद रहेको पार्टीमा ९ जना सांसद नै मन्त्री बन्ने रेसमा छन् । पार्टीले सरकारमा जानका लागि संवाद समिति बनाईसकेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले नेतृत्व गरेको समितिले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउनुका साथै मन्त्रालय र त्यहाँ गएपछि गर्ने सुधारका कामबारे पनि विस्तृत अध्ययन गर्नेछ ।

९ जना सांसद नै मन्त्री बन्ने रेसमा रहेको एकिकृत समाजवादीमा २ जना मन्त्री भने टुंगो लागे जस्तै भैसकेको छ । स्रोतका अनुसार अघिल्लो सरकारमै मन्त्री बन्ने चर्चा चलेका डोल्पाका सांसद धन बहादुर बुढाको मन्त्री पद सुनिश्चित जस्तै छ । त्यस्तै, पार्टी महासचिवबाट उपाध्यक्षमा बढुवा भएका डा. बेदुराम भुषालको पनि मन्त्री सुनिश्चित छ । उनी राष्ट्रिय सभा सदस्य हुन । पार्टीले पाउने तीन मध्ये २ मन्त्री टुंगो लागेपछि अब एक जनामा कसलाई रोज्ने भन्नेमा अन्योल छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एकिकृत समाजवादीले गृह मन्त्रालय दावी गरेको छ । पार्टीले सहकारी विकास मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय, भौतिक मन्त्रालय जस्ता काम गर्ने जिम्मेवारी भएका मन्त्रालय पाउनुपर्ने बताउँदै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्