Shikhar Insurance
National Life

स्थानीय तहको आम्दानी घट्दा विकास निर्माण प्रभावित

सिंहदरबार संवाददाता
२०७९ चैत्र ६, सोमबार १८:३६
Hyundai
NCELL
NIMB

दोधारा चाँदनी । जिल्लाका स्थानीय तहको आम्दानी घट्दा यसको असर विकास निर्माणका काममा देखिएको छ । गत वर्षको तुलनामा यसवर्ष राजस्व सङ्कलनमा कमी आएपछि यसको असर विकास निर्माणमा देखिएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले आन्तरिक राजस्वमा आएको कमी र सरकारले दिने अनुदान समेत घट्दा नगरपालिकाका काम प्रभावित बनेको बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“नगरपालिकासँग बजेट अभाव हुँदा कतिपय विकास निमार्णका काम ठप्प छन्”, उनले भने, “बजेट अभावमा निर्माण व्यवसायीले भुक्तानीसमेत पाउन सकेका छैनन् ।” बजेट अभावकै कारण नगरपालिकाले योजना, गोष्ठी सेमिनाार लगायतका काम बन्द नै गरेको उनका भनाइ छ ।

“राष्ट्रिय अनुदान न्यून छ नगरपालिकाको राजस्वबाट आउने रकम पनि न्यून आएको छ”, उनले भने, “घरजग्गा कारोबारबाट अहिलेसम्म ६ करोड रुपैयाँ आइसक्नुपर्ने हो तर करिब ५० लाख रुपैयाँ मात्रै आएको छ ।”

नगरपालिकामा अन्य प्रकारका सेवाबाट हुने आम्दानीसमेत घटेको उनले बताए। “व्यापार नहुँदा व्यवसायीले पनि राजस्व तिरेका छैनन्”, उनले भने, “चालु खर्चमा पनि सङ्कुचन आएको छ ।”

उनले बजेट नै नभएपछि नगरपालिकामा हुने चहलपहल नै बन्द भएको बताए। नगरपालिकाले महेन्द्रनगर बसपार्कको पार्किङ र महाकाली नदीमा निर्माण सामग्री उत्खननबाट आउने ठूलो रकम यसपटक गुमाउनु परेको उनको भनाइ छ ।

महाकाली नदीमा यसपटक निर्माण सामग्री उत्खननका लागि ठेक्का नै लाग्नसकेको छैन । त्यसैगरी बसपार्कको पार्किङ शुल्कको ठेक्का गत वर्षको भन्दा कममा लागेको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि आन्तरिक आम्दानीमा कमी आएपछि नगरको काम प्रभावित बनेको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले बताए। उनले आम्दानी घटेपछि नगरका हरेक योजनामा २० प्रतिशत कटौती गरी कार्यक्रम गरिन लागेको जानकारी दिए। उनले भने, “संघ र प्रदेश सरकारबाट आउने अनुदानमा २० प्रतिशत कटौती गरेपछि त्यसको असर नगरपालिकामा परेको छ।”

बेदकोट नगरपालिकाका पनि आन्तरिक आम्दानीमा कमी आएको आएको छ । बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले आन्तरिक आयमा कमी देखिएको बताए।

“लक्ष्यअनुसारको राजस्व सङ्कलन भएको छैन”, उनले भने।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्