Shikhar Insurance
National Life

तनहुँ, बारा र चितवनमा बैशाख १० गते उप निर्वाचन

सिंहदरबार संवाददाता
२०७९ चैत्र ६, सोमबार १६:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका ३ वटै निर्वाचन क्षेत्रहरुमा वैशाख १० गते एकै पटक उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगले रबि लामिछानेको चितवन २, राष्ट्रपति रामचन्द्र पौडेलको तनहुँ १ र उपराष्ट्रपति राम सहाय यादवको बारा २ मा बैशाख १० गते निर्वाचन गराउने निर्णय गरेको हो ।

आयोगले यसअघि चितवन २ मा बैशाख १० गते चुनाव गराउने निर्णय गरेको थियो । सोही मितिमा अन्य २ क्षेत्रमा पनि निर्वाचन गराउन लागेको हो । आयोगका अनुसार चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्