Shikhar Insurance
National Life

बाटो खाली नगरि कुमारीको दर्शन गरे राष्ट्रपति पौडेलले, पहिलो पटक चियापान पनि

सिंहदरबार संवाददाता
२०७९ चैत्र ४, शनिबार २०:५१
Hyundai
NCELL
NIMB

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् ।  शनिबार अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किएका थिए । राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पनि पिए । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पु¥याउने परम्परा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्