Shikhar Insurance
National Life

८ महिनामा लाभांशवापत विदेशीले लगे साढे १३ अर्ब रूपैयाँ, फागुनमा मात्रै ३ अर्ब सिफारिस

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार १६:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा लाभांशवापत करिब साढे १३ अर्ब रूपैयाँ रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३ सय २४ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो ।

विभागले ८ महिनामा रोयल्टीबापत २ अर्ब ८ करोड ९३ लाख ९७ हजार १ सय सात, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८ सय २५ भारतीय रुपैयाँ तथा ७ हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फागुनमा मात्रै ३ अर्ब सिफारिस

विभागले फागुनमा मात्रै लाभांशवापत करिब ३ अर्ब रुपैयाँ विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले २ अर्ब ८ करोड १० लाख ८३ हजार रुपैयाँ विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५ सय ३७, दुई लाख ५० हजार २४ अमेरिकी डलर, बीस लाख १० हजार ५५ २५ भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।

शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेशिने रकम बढ्ने विभागको अनुमान छ । “गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ”, उनले भने ।

चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, एक सय ५० जना प्रतिनिधि र तीन सय ९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागका अनुसार फागुनसम्म दुई सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार एक सय ९६ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्