काठमाडौं । एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि क्युआर मा एक हजार रुपैयाँ बोनस अफर ल्याएको छ । बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले एक हजार भन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिँदा एक हजार रुपैयाँ नै बोनस जित्ने मौका पाउनेछन् । यो योजना फागुन १५ देखी सुरु भएको हो र सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी छ ।
एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस्