Shikhar Insurance
National Life

एनएमबि बैंकले राष्ट्रिय क्रिकेट टिमका हरेक खेलाडीलाई २१ हजार रुपैयाँ दिने

सिंहदरबार संवाददाता
२०७९ चैत्र २, बिहीबार ०९:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘खेलाडीहरु राष्ट्रका गौरव हुन । खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ ।’

२०१९ देखि शुरु भएको विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेको छ । सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि खाता मार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्