Shikhar Insurance
National Life

कसले क्षति पुर्याउँदैछ एनटीसीका संरचनामा ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र १, बुधबार १०:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले आफ्ना भौतिक संरचनाहरुमा अज्ञात समुहहरुले क्षति पुर्याईरहेको बताएको छ । टेलिकमका प्रवक्ताले विज्ञप्ति नै निकालेर पछिल्लो समय कम्पनीका भौतिक संरचनाहरुभा क्षति पुर्याउने क्रम बढेको बताएका हुन् ।

‘पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पु¥याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको पाइएको छ । यस्तो अवस्थाका कारण निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको छ ।’ टेलिकमले भनेको छ । अज्ञात समुहले आफ्ना भौतिक संरचनाहरुमा क्षति पुर्याएकै कारण कम्पनीको सेवामा समस्या आउन थालेको पनि टेलिकमको दावी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको छ ।’ टेलिकमले भनेको छ । कम्पनीले आफ्ना भौतिक संरचनाहरुमा क्षति पुर्याउनेहरुबारे जानकारी दिन अनुरोध पनि गरेको छ ।

‘ग्राहक सेवामा प्रतिबद्ध’ र ‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमको सेवालाई आगामी दिनमा अझै गुणस्तरीय र भरपर्दो बनाउने कार्यमा सबैको सहयोग प्राप्त हुने अपेक्षा पनि टेलिकमले व्यक्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्