काठमाडौं । बैंक तथा वित्तीय संस्याको ब्याजदर विरुद्धको आन्दोलन फिर्ता भएको छ । बैंकको ब्याजदर बढी भयो भन्दै सो विरुद्ध आन्दोलन गर्ने संर्घष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सबै माग पुरा गर्ने आश्वसन दिए पछि आफ्ना कार्यक्रमहरु स्थगित गरेका हुन् ।
मंगलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । बैंक तथा वित्तीय समस्या संर्घष समिति बनाएर पछिल्लो ४ दिनदेखि विरोधमा रहेका व्यवसायीले प्रधानमन्त्रीसँग भेट गरी आन्दोलन फिर्ता गरेका हुन्् ।
बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीहरुले सो समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बताए ।
“बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैँ जानकार हुनुहुन्छ । ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि सरकारले पहल गर्ने प्रधानमन्त्रीको आश्वासनपछि हामीले सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएका छौँ”, श्रेष्ठले भने ।
बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता सङ्गठनमा आबद्ध व्यवसायी आन्दोलित थिए । उनीहरु सोमबारदेखि नेपाल राष्ट्र बैंकमा धर्ना बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्