Shikhar Insurance
National Life

एमभी दुगड ग्रुपले नेपाल भित्र्यायो नयाँ ब्राण्डको इलेक्ट्रिक स्कुटर गेसिस, यस्ता छन् फिचर

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार १५:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । एमभी दुगड ग्रुपले इण्डोनेशियन ब्राण्ड गेसिसको इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याएको छ । एमभी दुगड ग्रुपको विवेक अटोमोवाइल्स प्रालिले इन्डोनेसियनको चर्चित इलेक्ट्रिक स्कुटरका तीन मोडल नेपाल भित्र्याएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले नयाँ स्कुटरहरु सार्वजनिक गरेका हुन् । कार्यक्रममा गु्रपका अध्यक्ष मोतीलाल दुगड़, उपाध्यक्ष विवेक दुगड़, डाइरेक्टर विजय महतो र गेसिस ब्राण्डको एमभी दुगड ग्रुप नेपालका लागि प्रमुख कनक जमरको उपस्थिति रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विशेषताहरुः
१) स्कुटर रातो, सेतो र कालो गरी ३ वटा रंगमा उपलब्ध छ ।
२) नेपालमा उपलब्ध भएको अहिलेसम्मको सबै भन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर हो ।
३) अन्य स्कुटरमा नभएको ‘मोनो सक’ यस स्कुटरमा रहेको छ । जसले गर्दा ग्राभेल सडक तथा खाल्डा खुल्डी बाटोमा चलाउँदा समेत बढी लचकता हुने भएकोले आनन्दको महशुश हुन्छ ।
४) नेपालमा उपलब्ध स्कुटर मध्ये सबैभन्दा शक्तिशाली विद्युतीय स्कुटर हो । नेपालका हिमाल, पहाड तथा तराईका क्षेत्रहरुका लागि उपयुक्त रहेको छ ।
५) अन्य स्कुटरमा नभएको ड्राइभ बेल्ट यस विद्युतीय स्कुटरमा रहेको छ ।
६) स्कुटरको ब्याट्री डेट्याचेबल भएकोले चोरी हुनबाट जोगाउन निकालेर सुरक्षित स्थानमा राख्न सकिने साथै चार्ज गर्न सजिलो छ ।
७) दुईवटा डिस्क ब्रेक्स जडान गरिएको छ ।


गेसिस इन्डोनेसियामा इलेक्ट्रिक पावरमा चल्ने पहिलो स्वचालित स्कुटर–प्रकारको मोटरसाइकल हो । यसमा प्रमुख लगानी इन्डोनेसियन सरकारको रहेकोले विश्वासिलो कम्पनी मानिन्छ । गेसिस स्कुटरमा ५ किलोवाट विद्युतीय मोटर जडान गरिएको छ, यसमा ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री रहेको छ र एक पटक चार्जमा १०० किलोमिटरको दायरालाई समर्थन गर्दछ । ब्याट्री पूर्ण चार्ज हुन ९० मिनेट मात्र लाग्छ, ब्याट्रीमा ब्याट्री डीडीएमएसले सुसज्जित छ । जसले ओभर चार्जिङ प्रोटेक्सन, ओभर डिस्चार्जिङ प्रोटेक्सन, ओभर करेन्ट प्रिभेन्सन, टेम्परेचर कन्ट्रोल, सर्ट–सर्किट प्रिभेन्सन र सेल इक्वलाइजेसन गर्न समेत मद्दत गर्छ जसको तौल ८ किलोग्राम र बोक्न सजिलो हुन्छ । चार्ज गर्दा चार्जिङ गतिविधि ट्रयाक गर्न धेरै सजिलो बनाउछ । स्मार्ट एलईडी ब्याट्रीको ग्यारेन्टी ३ वर्षको छ । यसले पूर्ण रुपमा चार्ज गर्न १.३ युनिट विद्युत खपत गर्छ ।

स्कुटरहरु आधुनिक दुई डिस्क ब्रेक सुविधाहरुले सुसज्जित छन् र ब्रेकिङ्ग गर्दा ब्याट्री स्वचालित रुपमा रिचार्ज हुनेछ । प्रत्येक मोटर प्रणाली सिधै एन्ड्रोइड ओएसमा जडान हुन्छ । प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोन मार्फत गति, आरपीएम, तापक्रम र भोल्टेज निगरानी गर्न सकिन्छ । स्कुटरको चेसिस बडीमा एक इन्च व्यासको ट्युबुलर स्टिल र कालो फाइबर प्लास्टिक प्रयोग गरिएको छ । अगाडीको डिजाइन शार्क स्नाउट र एचआइडी हेड ल्याम्प रहेको छ । राईडर र यात्रुका लागि गुणस्तरी र आरामदायी सिटहरु रहेका छन् । एलइडी टेल ल्याम्प, बेल्ट ड्राइभ, डबल डिस्क बे्रक, रियर मोनो शक, डिजिटल ड्यासबोर्ड, पञ्च फुट रेस्ट आदि रहेका छन् । राइड बाइ वायर इलेक्ट्रिक थ्राँटल, तीन फरक ड्राइभ मोडहरु–इको, अर्बान र स्पोर्टस मोड, मोटर स्थायी चुम्बक सिंक्रोनस–बीएलडीसी मोटर, एयर कुल्ड प्रणाली, पुली बेल्ट ट्रान्समिसन, २००० वाट रेट भएको पावर आउटपुट र ५००० वाट पीक पावर, ६.७ हर्सपावर, अधिकतम ३० एनएमको टर्क, ५ सेकेन्डमा एक्सेलेरेशन ०–५०किलोमिटर प्रति घण्टासम्म पुग्छ, अधिकतम गति ७६ किलोमिटर प्रति घण्टासम्म चल्न सक्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्