Shikhar Insurance
National Life

१२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण, मासिक डेढ लाख आम्दानी गर्दै विद्यालय

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार १०:४८
Hyundai
NCELL
NIMB

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो ।

उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच तरकारी बजार स्थापनाका लागि सम्झौता भएको थियो । त्यही तरकारी बजारबाट अहिले विद्यालयले १ लाख ५७ हजार रुपैयाँ आम्दानी गर्दैआएको छ । तरकारी बजारमा रहेका ३६ पसलबाट भाडा उठाउने गरेको प्रधानाध्यापक भागवत पौडेलले बताए । यसअघि उक्त भाडा उपमहानगरपालिकाले उठाउने गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपमहानगरपालिकाले आफूले उठाएको करिब ४४ लाख विद्यालयलाई बुझाउन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए। २ करोड ३३ लाख रुपैयाँमा तरकारी बजार सञ्चालनमा आएको हो । एउटा पसलको भाडा ५ हजार ५ सय कायम गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताए। तरकारी बजारमा तरकारी व्यापारका साथै फलफूल व्यापारसमेत गरिँदै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्