Shikhar Insurance
National Life

पर्वत र म्याग्दी जोड्न कालीगण्डकीमा पुल निर्माण सुरु, ५ महिनाभित्र सम्पन्न गर्ने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २९, सोमबार १६:०९
Hyundai
NCELL
NIMB

पर्वत । पर्वतको जलजला गाउँपालिकालाई म्याग्दी सदरमुकाम बेनीबजारसँग जोड्न कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण थालिएको छ । जलजला–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न उक्त पुल निर्माण गर्न लागिएको हो ।

कालीगण्डकीले कटान गर्न थालेपछि बगरफाँट बस्ती दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित छ । पक्की पुल नहुँदा बगरफाँटवासीको दिनचर्या कष्टकर बनेको छ । उनीहरुको दैनिकी सहज पार्न पुल निर्माण गर्न थालिएको जलजलाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए। पुल निर्माण भएपछि स्थानीयवासीलाई हिँडडुल र कृषिउपज बेनीबजारमा पुर्याउन सहज हुने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जलजलामा बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी १ करोड ६० लाख रुपैयाँको ठेक्का सम्झौता गरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए। निर्माण कम्पनीले कालीगण्डकी किनारमा पुलको जग खन्ने काम थालेको छ । झण्डै ५४ मिटर लामो बेलिब्रिज राख्न पर्खालसहित जाली भरेर दुवैतर्फ आवश्यक संरचना निर्माण गरिने छ । तीन महिनामै काम सम्पन्न गर्ने लक्ष्य छ ।

पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटबासी आन्दोलन गर्दै आएका थिए । यहाँ पक्की मोटरेवल पुल निर्माणका लागि समेत सम्भाव्यता अध्ययन गरिएको छ । करिब तीन सय परिवारको बसोबास रहेको बगरफाँटमा दैनिक उपभोग्य वस्तु भरियालाई बोकाएर लैजाने गरिएको छ । यसरी लैजाँदा सामानको मूल्य महँगो पर्छ ।

बगरफाँटका बासिन्दाले म्याग्दी आवतजावत गर्दैआएको कालीपुल जोड्ने झोलुङ्गे पुलको लठ्ठा पनि खिया लागेको अवस्थामा छ । पुल बन्ने खबरले जलजलावासी उत्साहित छन् । बेलिब्रिज निर्माणपछि बगरफाँट हुँदै जलजला–१ बाँसखर्क, वडा नं ५ लेखफाँट, वडा नं ६ शालिजा र वडा नं २ को माझफाँटमा सिधा यातायात सेवा सञ्चालन हुने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्