काठमाडौं । नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेकाे विवरण अनुसार साेमबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा काराेबार भएको थियो ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।अघिल्लाे दिन अर्थात आइतबार तेजावी सुनको मूल्य १ लाख ३ हजार रुपैयाँमा काराेबार भएको थियो ।
सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएकोमा सोमबार १२ सय ५५ रुपैयाँ कायम भएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्