Shikhar Insurance
National Life

लगानी डुब्ने अवस्थामा पुगेको चोभार सुख्खा बन्दरगाह चलाउन पहल

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २८, आईतवार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समिति चोभार सुक्खा बन्दरगाह कार्यालयबाट उपत्यकाको व्यापार सहजीकरणको लागि काठमाण्डौंको चोभारमा नेपाल सरकारबाट निर्माण भएको सुक्खा बन्दरगाह परिसर भित्र रहेको आन्तरिक टर्मिनल सञ्चालन सम्बन्धमा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिकका, काठमाण्डौं उपत्यका ट्राफिक कार्यालय, ललितपुर महानगर नगर प्रहरी प्रमुख, नेपाल फ्रेड फरवार्डर्स एशोसिएसन, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । |

छलफलमा चोभार सक्खा बन्दरगाहमा उपलब्ध सेवा, सुविधा एवं उक्त सेवा सुविधा उपयोग गरे वापत सेवाग्राहीले तिर्नु पर्ने सेवा शुल्क बारेमा जानकारी गराएको थियो । साथै कार्यक्रममा उपस्थित सरोकारवाला निकायका प्रतिनिधिहरुले उक्त आन्तरिक टर्मिनल प्रयोग विधि, सवारी साधनको पाकिङ्ग व्यवस्थापन, श्रमिक व्यवस्थापन, मालसामानको वीमा, आदि सम्बन्धमा जिज्ञासा राखेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरोकारवाला निकायका प्रतिनिधिहरुबाट उठाइएका जिज्ञासाहरुको जवाफ समितिका कार्यकारी निर्देशक आशिष गजुरेल तथा चोभार सुक्खा बन्दरगाह कार्यालयका कार्यालय प्रमुख हेमेन्द्र मोहन शाहीले दिएका थिए । साथै कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष ई. तपेन्द्र बहादुर खड्का र उपत्यका ट्राफिक कार्यालयलका प्रहरी उपरिक्षक अवि नारायण काफ्लेले काठमाडौं प्रवेश गर्ने ढुवानीका साधनहरुलाई आगामी दिनहरुमा सडक किनारामा मालवाहक सवारी साधन पार्किङ्ग तथा तथा सामान लोड÷अनलोड गर्न नदिने र उक्त कार्यको लागि चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल प्रयोग गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिका र उपत्यका ट्राफिक कार्यायलबाट आवश्यक सहयोग रहने विचार व्यक्त गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्