काठमाडौं । सुनचाँदी बजारमा आज शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात बिहिबारको तुलनामा प्रतितोला ८ सयले बढेको छ ।
बिहिबार प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ लाख १ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ छ । तेजावी सुनको मूल्य अघिल्लो दिन १ लाख ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार २ सय २० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्