Shikhar Insurance
National Life

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २५, बिहीबार १७:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।
एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार प्राप्त गरि पराजित भए । नेम्बाङले उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत मात्रै पाए ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्