Shikhar Insurance
National Life

५० अंकले बढेर २ हजार बिन्दुमा पुग्यो नेप्से, कारोबार रकम १ अर्ब ५६ करोड

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २५, बिहीबार १५:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कोरोबारको दिन बिहिबार सेयर बजार हरियाली छाएको छ । बिहिबार नेप्से उच्च अंकले बढेर २ हजारकाे विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहिबार ५०.०४ अंकले बढेर २००२.७० को विन्दुमा बन्द भएको छ । त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ९.२७ अंकले बढेर ३७९.५० को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात बुधबार नेप्से परिसूचक १४.४१ अंकले बढ्दा १ अर्ब २० करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको हाे ।

बिहिबार कारोबारमा आएको २१३ कम्पनीको सेयर मूल्य बढेको छ । ३ कम्पनीको सेयर मूल्य घटेको छ । भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज शुभम् पावरको सेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल इन्स्यारेन्स कम्पनीको ९.४४ प्रतिशत र शिभ श्री हाइड्रोपावरको ८.५२ प्रतिशतले बढेको छ भने, बाँकी कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा कमले बढेको छ ।

यसदिन सिदार्थ इन्भेष्टमेण्ट ग्रोथ स्क्रिम २ का लगानीकर्ताहरुले सबैभन्दा बढी  ५.८१ प्रतिशत सेयर मूल्य गुमाएका छन् ।

बिहिबार कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ७ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख, अरुण काबेली पावरको ४ करोड ७६ लाख, नबील बैंकको ३ करोड ५७ लाख र शिभ श्री हाइड्रोपावर कम्पनीको ३ करोड ४० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यसदिन सबै समूहगत उपसूचकहरु बढेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ३.५९ प्रतिशतले बढेको हो । साथै, फाइनान्स समूहको ३.४६ प्रतिशत, इन्भेष्टमेण्ट समूहको ३.२६ प्रतिशत र लाइफ इन्स्यारेन्स समूहको ३.२२ प्रतिशतले बढेको छ । बाँकी समूहको परिसूचकहरु ३ प्रतिशत भन्दा कमले बढेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्