काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ वटा ब्रोकर कम्पनीहरुलाई २० वटा शाखा खोल्न अनुमति दिएको छ । बोर्ड सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले ११ वटा ब्रोकर कम्पनीहरुलाई २० ठाउँमा शाखा खोल्न अनुमति दिएको हो ।
तिमध्ये अधिकांश तिब्र विकास हुँदै गरेका साना शहरहरु रहेका छन् । आर्थिक गतिबिधी चलायमान हुँदै विकास भैरहेका साना शहरहरुका लगानीकर्तालाई लक्षित गरेर पूर्वाधार खडा गरेका ब्रोकरहरुलाई शाखा खोल्न अनुमति दिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।
उनले शाखा खोल्न अनुमति मागेका कम्पनीहरुको स्थलगत निरिक्षण गरि पूर्वाधार पुरा गरेकाहरुलाई अनुमति दिईएको पनि बताए । उपत्यका बाहिर खुल्ने ब्रोकरका यी २० शाखाहरुले पुँजी बजारको विस्तारमा योगदान दिने अपेक्षा पनि उनले व्यक्त गरे ।
भिजन सेक्युरिटिजले ३ वटा शाखा खोल्न अनुमति पाएको छ भने भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालीले ६ वटा शाखाको अनुमति पाएको छ । सुन्धारा सेक्यूरिटिज लि र नभ सेक्यूरिटिज प्रालीले २।२ वटा शाखा खोल्ने अनुमति पाउँदा अन्यले एक एक वटा नयाँ शाखाको अनुमति हात पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्