Shikhar Insurance
National Life

इन्जिनमा आगो देखिए पछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २५, बिहीबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको हो । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि सकुशल अवतरण गराइएको र अहिले विमानस्थलको उडान अवस्था सामान्य रहेको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएपछि धादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्