Shikhar Insurance
National Life

राप्रपाले राष्ट्रपति चुनाबमा कसैलाई भोट नदिने, एमालेलाई अप्ठेरो

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २४, बुधबार १८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने भएको छ । पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकले राष्ट्रपतिको उम्मेदवारहरुलाई मतदान नगर्ने निर्णय गरेको हो ।

केपी ओली नेतृत्वको गठबन्धनमा रहेको राप्रपाले कसैलाई पनि भोट नदिने निर्णय गरेपछि एमाले उम्मेदवारलाई भने अप्ठेरो परेको छ । बिहिबार हुने राष्ट्रपति निर्वाचनमा काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुभाष नेम्बाङबीच प्रतिष्पर्धा हुँदैछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राजावादी पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । संघीय संसदमा राप्रपाका १४ जना सांसद छन् भने प्रदेशमा २८ जना सांसद रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्