Shikhar Insurance
National Life

सीआइटीका बचतकर्ताले अब बैंक धाउन नपर्ने, कृषि विकास बैंक खातामा सिधै जम्मा गर्न सकिने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २४, बुधबार १४:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगानी कोषमा रकम दाखिला गर्ने संस्थाहरुको दाखिला रकम सङ्कलन गर्ने सम्वन्धमा कृषि विकास बैंक र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले दुवै संस्थाका उच्च पदस्थ कर्मचारीहरुको उपस्थितिमा नागरिक लगानी कोषको कार्यालयमा हस्ताक्षर गरे ।

समारोहमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक नेपालले सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको तथा यसको लाभ स्वाभाविक रुपमा दुवैलाई मिल्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले दुबै संस्था प्रत्यक्ष रुपमा जोडिन पाउँदा बैंक गौरवान्वित भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नागरिक लगानी कोषले संचालन गरेको अनलाइन सेवा संचालन गर्ने प्रणाली र कृषि विकास बैंकको बैंकिङ प्रणालीबीच स्वचालित रुपमा एपीआई मार्फत् कारोवार गरी सेवा प्रदान गर्ने विषयमा दुवै पक्ष सहमत भई सम्झौता भएको हो । सम्झौतापश्चात नागरिक लगानी कोषमा रकम जम्मा गर्ने संस्थाले तलव भुक्तानी गर्दाका वखत नै कृषि विकास बैंकको खाता छनौट गरी नागरिक लगानी कोषमा रकम जम्मा गर्न सक्दछन् । यो सेवाको सुरुवात भएपछि नागरिक लगानी कोषमा रकम जम्मा गरी फाँटवारी पठाउनु पर्ने झन्झट नरहने कुरा नागरिक लगानी कोषका निर्देशक गोपाल घिमिरेले बताए ।

नागरिक लगानी कोषका करिव आठलाखभन्दा वढी जम्मा कर्ताहरुको कोषमा रकम जम्मा गरेको विवरण बैंक र कोषको सफ्टवयरबीच स्वचालित प्रणालीबाट सम्वन्ध स्थापित भई फाँटवारी कायम हुने र हिसाव समायोजन तथा फाँटवारी व्यवस्थापनमा सहजीकरण भई दैनिक रुपमा कारोवार रिकन्सिलेशन हुन जाने कुरा समेत घिमिरेले बताए ।

बैंकका शाखा सञ्जालको प्रयोगबाट नागरिक लगानी कोषले निजको प्रणाली सञ्चालनको जानकारी समेत प्रदान हुने विश्वास व्यक्त गरेको छ । संघ, प्रदेश र स्थानीय निकाय तथा अन्य संगठित संस्थाले आफ्ना कर्मचारीको कोष कट्टी वापतको रकम जम्मा कर्ताको बैंक खाताबाटै कृषि विकास बैंकमा रहेकोे नागरिक लगानी कोषको खातामा रकम जम्मा गर्न सक्ने भएकोले यो सम्झौतापश्चात कोषको खातामा रकम जम्मा गर्न बैंकसम्म जानु नपर्ने बैंकका उप–महाप्रवन्धक प्रताप सुवेदीले बताए ।

देशका ७७ जिल्लामा नेटवर्क रहेका दुई संस्थाबीचको सम्वन्धले बैंकिङ्ग सेवालाई सहज बनाई वित्तीय सेवा व्यवस्थापनमा सहयोग पुग्न जाने छ । बैंक र कोषबीच व्यावसायिक सहकार्य गर्नु सम्झौताको मुल उद्देश्य रहेको बताइएको छ । सम्झौता समारोहमा कोषका तर्फबाट निर्देशक गोपाल घिमिरे लगायत अन्य पदाधिकारीेहरुको उपस्थिति थियो भने बैंकका तर्फबाट उप–महाप्रवन्धकप्रताप सुवेदी, विभागीय प्रमुखद्वय मीनराज पोखरेल र घनेन्द्र अधिकारीको उपस्थिति रहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्