Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकका ग्राहकलाई सेल्सवेरीमा २३ प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २४, बुधबार १२:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले सेल्सवेरीका स्टोरहरुमा २३ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र सेल्सवेरीबीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले भएको सम्झौता अनुसार बैंकका ग्राहकले सो मात्रामा छुट सुबिधा पाउने भएका हुन् ।

सम्झौतापत्रमा सेल्सवेरीका तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरे । सम्झौतापछि सेल्सवेस क्यास एण्ड क्यास प्रालीसँग आवद्ध सेल्सवेरी एण्ड सेलवेजका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट क्युआर वा पिओएस मार्फत डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसै बीच बैंकले हरेक हप्ताको सोमबारका लागि ‘मण्डे म्याडनेस’ योजना सञ्चालन गरि रहेको छ । जस अन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस वा ई–कमबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा १२३ रुपैयाँ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा २२३ रुपैयाँसम्म छुट पाउनेछन् । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म कार्ड बाट गरिएका कारोबारमा लागु हुनेछ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आईरहेको छ । साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्