Shikhar Insurance
National Life

शिव शिखर बहुउद्देश्यीय सहकारी एक महिनादेखि बन्द, बचतकर्ता समस्यामा

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २३, मंगलवार १०:३८
Hyundai
NCELL
NIMB

तुलसीपुर । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको १ लाख २७ हजार रुपैयाँ बचत छ । उनले अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछिन् । “एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ २/४ दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो”, उनले भनिन्, “साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार रुपैयाँ बचत छ । त्यही बचत फिर्ता लैजानका लागि पटक–पटक कार्यालय पनि पुगिन् । तर कसैलाई पनि भेटाएकी छैनन् । फोन गर्दा एक वर्ष पुगेपछि फिर्ता गर्छौँ भन्ने जवाफ आउने गरेको उनी बताउँछन् । “अफिसमा गए कोही भेटिनन्”, उनले भनिन्, “फोन गर्दा साउनमा दिन्छौँ, भन्छन् ।”

उनी बिरामी पनि छिन् । त्यही पैसा आएपछि शल्यक्रिया गर्ने सोच बनाएको उनी बताउँछिन् । तुलसीपुरका फेन्सी व्यवसायी अशोक भण्डारीले पनि ६ हजार रुपैयाँ सो सहकारीमा बचत गरेका छन् । त्यही रकम लैजानका लागि धेरै पटक कार्यालयमा धाएको उनको भनाइ छ । “पसिना बगाएर कमाएर पैसा हो”, उनले भने, “दुःख गरेर बचत गरेको पैसा किन नपाइएको हो, हामीलाई निकै समस्या भयो ।” उक्त सहकारीको ‘मार्ट’ पनि सञ्चालनमा रहेकाले त्यही मार्टबाट आवश्यक सामग्री लिएर बचत रकम कटाउन खोजे पनि त्यो पनि नमान्ने गरेको उनको गुनासो छ ।

आर्थिक मन्दिका कारण बचतकर्ताको बचत फिर्ता गर्न नसकिएको जनाउँदै गएको माघ २७ गते उक्त सहकारीको तुलसीपुर शाखा केही समयका लागि बन्द गर्ने भनी सूचना प्रकाशित गरिएको थियो । अर्को सूचना प्रकाशनमा नआएसम्म बन्द रहने जानकारी गराइएको थियो । बन्द भएको एक महिनासम्म पनि सो सहकारीको सेवा पुनःसञ्चालन हुन सकेको छैन ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्