Shikhar Insurance
National Life

एभरेष्ट बैंकले नेपाल प्रहरीलाई दियो २५ लाख, तल्लो तहका प्रहरीका सन्तानले छात्रवृद्धि पाउने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २२, सोमबार १३:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकले नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रववृद्धिका लागि २५ लख रुपैयाँ उपलब्ध गराएको छ । नेपाल प्रहरीका विद्यालयहरुमा अध्ययन गर्ने अमर/सहिद एवम् अशक्त, अवकाश प्राप्त प्रहरी कार्यालय सहयोगी देखि प्रहरी बरिष्ठ हवल्दार दर्जा सम्मक उत्कृष्ट अंक प्राप्त विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्न २५ लाख रुपैयाँ उपलब्ध गराएको हो । ‘नेपाल प्रहरी – एभरेष्ट बैंक अक्षय कोष’ को स्थापना गर्ने सम्झौतामा प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरे ।

कार्यक्रमा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुका साथै बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीको समेत उपस्थिति रहको थियो । सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त स्थापना गरिएको अक्षय कोषबाट नेपाल प्रहरीका अमर÷सहिद एवम् अशक्त, अवकाश प्राप्त अधिकारीहरुका सन्ततीहरुलाई स्थापित अक्षय कोषले शैक्षिक जिवन उन्नत बनाउने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्