Shikhar Insurance
National Life

अर्थतन्त्र सुधार्न सरकारले थाल्यो निजी क्षेत्रसँग वृहद सम्वाद, गभर्नर पनि सहभागी

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २१, आईतवार १४:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग वहृत्तर छलफल आरम्भ गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रका छाता संस्थाहरुसँग प्रधानमन्त्री कार्यालयमा वहृद छलफल आरम्भ गरेका हुन् ।छलफलमा मुख्य सचिव शंकरदास बैरागी, अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लगायतको सहभागिता थियो ।

छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पनि उपस्थिति छ । ‘आर्थिक एवम् बैंकिङ क्षेत्रका समसामियक विषयमा छलफल’, प्रधानमन्त्री प्रचण्डले छलफलको फोटो फेसबुकमा राख्दै लेखेका छन् । बैंकको ब्याजदर घट्नुपर्ने आवाज निजी क्षेत्रले निरन्तर उठाईरहेको छ भने दुर्गा प्रसाईहरुले बैंकहरु विरुद्ध आन्दोलन नै सुरु गरेका छन् । बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कालोमोसो दल्ने भन्दै दस्ता नै गठन भएको छ । केहि ठाउँमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो नै दलिसकिएको छ ।
सरकारी कोष घाटामा, राजश्व संकलनमा उल्लेख्य प्रगति नहुनु, ब्याजदर धेरै हुनु, मूल्य वृद्धि उच्च रहनु, निजी क्षेत्र असन्तुष्ठ रहनु जस्ता कारणले प्रधानमन्त्री आफैं तातेर छलफल अघि बढाएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्