काठमाडौं । एनएमबि बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । बैंकलाई नेपाल धितोपत्र बोर्डले बिहिबार वार्षिक १०.७५ प्रतिशत ब्याज दिने ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत–२०८९/९०’ नामको ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै बैंकले १ हजार रुपैयाँ अंकित दरका कूल ४० लाख इकाई ऋणपत्र बिक्री खुला गर्नेछ ।
कूल निष्काशनमध्ये २४ लाख इकाई व्यक्तिगत तबरबाट र १६ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्