Shikhar Insurance
National Life

बैंक विरुद्ध जारी आन्दोलन रोक्न गृहमन्त्रालयको निर्देशन, जुलुस र धर्ना गर्न नदिइने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १९, शुक्रबार २१:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका घटना सार्वजनिक भएकाले यस्ता अवैध गतिविधि रोक्न निर्देशन दिइएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“त्यस्ता गतिविधि हुन नदिन र आवश्यक निगरानी बढाउन निर्देश गरिएको छ”, गृहसचिव सिंहले भने, “गृह प्रशासनको काम शान्ति सुरक्षा कायम गर्नु हो र निर्वाधरूपमा सेवा गर्ने वातावरण दिनु हो, सोहीअनुसारको निर्देशन गएको छ ।”

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्त विरुद्ध आन्दोलन जारी छ भने केहीअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएको थियो । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्