Shikhar Insurance
National Life

निजी क्षेत्रकाे समस्याबारे सरकार जानकार छ,समाधानका लागि छलफल शुरू भइसक्याे : मन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १९, शुक्रबार १६:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले समग्र अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित खिचापोखरी न्युरोड व्यापार संघको १५औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै  उनले निजी क्षेत्रका समस्या समाधान हल गर्न सरकार प्रयत्नशील रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निजी क्षेत्रसँगको सहकार्यमा मात्र आर्थिक समृद्धि सम्भव रहेको उनको भनाइ छ । ‘अहिलेको राष्ट्रिय साझा कार्यभार देशलाई समृद्ध बनाउनु हो । यो कार्यभार कुनै एक पक्षले मात्र पूरा गर्न सक्दैन भन्ने स्पष्ट छ । निजी क्षेत्र समस्यामा रहेकोबारे सरकार जानकार छ,’ उनले भने ।

आर्थिक क्षेत्रलाई गतिशील बनाउनु राज्यको दायित्व रहेको पनि उनले बताए । निजी क्षेत्रका समस्या समाधानका लागि सरकारले पहल गरिरहेको उनको भनाइ छ । ‘आफ्नो दायित्व पूरा गर्नका लागि सरकार र निजी क्षेत्रका आ–आफ्ना भूमिका छन् । निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीर रूपले लिएको छ । समाधानका लागि छलफल पनि भइरहेको छ,’ मन्त्री श्रेष्ठले भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्