Shikhar Insurance
National Life

इन्टरनेट र मोबाइल बैंकिङबाटै सेयर कारोबार, पहिलाे चरणमा आइपीओको अप्सन

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १९, शुक्रबार १४:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) ले इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङबाट पनि सेयर कारोबार गर्न मिल्ने सुविधा थप गर्ने भएको छ । सीडीएससीले मेरो सेयर र टिएमएसमार्फत् दिँदै आएको सुविधा मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत् पनि दिन लागेको हो ।

डिजिटल माध्यममा हालसम्म प्राथमिक सेयर (आइपीओ)को आवेदन सीडीएससीको मेरो सेयर एपमार्फत् दिन सकिन्छ । पहिलो चरणमा यही सुविधालाई इन्टरनेट तथा मोबाइल बैंकिङ एपमा पनि थप गर्न लागिएको सीडीएससीका कार्यकारी अधिकृत (सीइओ) पूर्ण प्रसाद आचार्यले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत् पनि सेयर कारोबारको सुविधा दिने बारे केही महिना अघि छलफल गरी काम अघि बढाइसकेको छौं,’ सीडीएससी सीइओ आचार्यले सिंहदरबारसँग भने, ‘पहिलो चरणमा आइपीओको आवेदन दिनसक्ने सुविधा राखिन्छ, त्यसपछि मेरो सेयरमा भएका इटीडीएस लगायतका सबै अप्सनहरु मोबाइल बैंकिङ कै एपमा हुन्छन् । भने केही समय पछि दोस्रो बजारमा कारोबार गर्न सकिने सुविधा थप गर्ने काम गर्नेछौं ।’

मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङबाट राउटिङ गरेर मेरो सेयर र ट्रेडिङ म्यानेटजमेन्ट सिस्टम (टिएमएस) मा पुग्ने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।
‘ग्राहकले ३/४ वटा बैंकमा खाता खोलेको भएपनि जुन बैंकबाट पनि जानसक्ने गरी एक्सेस दिन खोजेका हौं, त्यही अनुसार भेण्डरलाई मापदण्ड बनाएर दिएका छौं,’–उनले भने, ‘अहिले आइपीओ भर्न व्यवस्था थप हुन्छ, यो सफलता पुर्वक सञ्चालन भए टिएमएसलाई पनि लिंकअफ गरी दोस्रो बजारमा हुने कारोबार पनि मोबाइल र इन्टरनेट बैंकिङ कै राउटिङमा हुने व्यवस्था गर्न सक्छौं ।’

अधिकांश बैंकहरुको डेभलपर एफ वान सफ्ट रहेको हुँदा यसको भेञ्चर डेभलपको जिम्मेवारी पनि सिडिएससीले एफ वान सफ्टलाई नै दिएको छ । करिब २ महिाना अघि नै एफ वान सफ्टलाई सोको जिम्मेवारी सुम्पिएको उनले जानकारी दिए ।

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङबाट सेयर कारोबारको नयाँ व्यवस्थाले सेयर बजारमा लगानीकर्ताको सहभागीता बढ्ने अपक्षेले गर्न खोजिएको उनले बताए ।
‘मेरो सेयरबाट सेयर भर्न समस्या भएर बैंकिङ एपमा यो व्यवस्था गर्न खोजिएको भने होइन, बैंकिङ एपमार्फत् पनि यो सुविधा प्राप्त भए आइपीओ र सेयर बजारमा सहभागी बढ्ने अपेक्षा हो,’–उनले भने ।

सीडीएससीले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा पनि आइपीओ भर्न सकिने अप्सन थप गर्ने एप्लिकेसन प्रोगामिङ इन्टरफेस (एपीआई) को लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनु पर्ने हुन्छ । बैंकसँग एकिकृत रुपमा प्रोगामिङ गर्न सीडीएससीले छलफल समेत गरिरहेको छ । बोर्डसँग संमन्यव गरेर चालु आवभित्र सो सुविधा सञ्चालनमा ल्याइने सीडीएससीका सीइओ आचार्यले बताए ।

चैतभित्रै ल्याउने भनेर काम सुर गरेका थियौं, तर, केही ढिला हुने देखिएको छ, केही नीति निर्देशनहरु संशोधन गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘बोर्डसँग संमन्यव गरेर सबै काम सम्पन्न गरी असार मसान्तसम्म अगावै मोबाइल बैंकिङ एपबाटै सेयर कारोबार गर्न मिल्ने व्यवस्था गछौं ।’

मोबाइल तथा इन्टरनेट बैंकिङबाट सेयर कारोबारको प्रकृया

सीडीएससीले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा आइपीओ भर्न सक्ने अप्सन थप गर्न लागेको हो । बैंकहरुको मोबाइल एपमै सीडीएससीको मेरो सेयर अप्सन राखिने छ । यसका लागि बैंकहरुले र सीडीएससीले नै सफ्टवयर डेभलपर कम्पनीसँग संमन्यव गरेर काम गर्नु पर्ने हुन्छ ।

जसमा सीडीएससीले एपीआई दिनु पर्ने हुन्छ भने बैंकहरुले आफ्नो मोबाइल एपमा नयाँ फिचर थप गर्नु पर्ने हुन्छ । सफ्टवयर डेभलपरले आफ्नो काम सम्पन्न गरेपछि हाल मोबाइल बैंकिङ एपमा टपअप, फण्ट ट्रन्फर, पेमेन्ट लगायतका अप्सन भए जस्तै सेयर भर्ने अप्सन थप हुनेछ । जसमा क्लिक गरि मोबाइल बैंकिङबाट आइपीओ भर्न सकिनेछ ।
मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङबाटै सेयर भर्न वा अन्य कारोबार गर्नको लागि पनि डिम्याट खाता, सीआरएन नम्बर र मेरो सेयर खाता अनिवार्य हुनै पर्ने छ । सो प्रकृया समेत सी–आस्वा प्रणालीमार्फत् नै हुने हुँदा मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत् सेयर कारोबार गर्नका लागि पनि पुराना प्रकृया सबै पुरा गर्नु पर्ने हुन्छ ।

मोबाइल बैंकिङबाटै सेयर कारोबारको अप्सन सुरु भएपछि मोबाइलमा मेरो सेयर एप राख्नु पर्ने वा मेरो सेयरकै वेव साइटबाट मात्रै आइपीओ भर्नु पर्ने बाध्यता हट्ने छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्