Shikhar Insurance
National Life

बीवाइडीका विद्युतिय कार किन्न कुमारी बैंकले ८० प्रतिशत ऋण दिने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १८, बिहीबार १९:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । बीवाइडीका कारहरु खरिदका लागि कुमारी बैंकले ऋण दिने भएको छ । बीवाइडी मोटर्सको नेपालका लागि आधिकारीक वितरक साइमेक्स इंक प्राली र कुमारी बैंकबीच भएको सम्झौता अनुसार गाडी खरिदका लागि कुमारी बैंकले ऋण उपलब्ध गराउने भएको हो । कुमारी बैंकले बीवाइडीका कार खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउनेछ र त्यस्तो ऋण ८ बर्ष अवधीको हुनेछ ।

कुमारी बैंकका सबै शाखाहरुबाट ऋण सुबिधा प्राप्त हुनेछ । २० प्रतिशत रकम तिरेर ८० प्रतिशतसम्म ऋण सुबिधामा भर्खरै नेपालमा सार्वजनिक गरिएको एटो ३ कार खरिद गर्न सकिन्छ । एटो ३ एसयुभी १२ लाख ९८ हजार र अल न्यु ई६ ११ लाख ८० हजार रुपैयाँ तिरेपछि ऋण सुबिधा पाइन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीवाइडी एटो ३ को मूल्य ६४ लाख ९० हजार छ भने अल न्यु ई६ को मूल्य ५९ लाख रुपैयाँ रहेको छ । बीवाइडीका कारहरु खरिदका लागि कुमारी बैंकसँग सहकार्य गर्न पाउँदा आफ्नो बजारीकरणमा सहयोग पुग्ने अनुभव गरेको छु’ साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्