काठमाडौं । डिस होमको रिजार्च कार्ड खरिदकर्ता दुई जनाले एक एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । गोरखाको भिमसेन थापा गाउँपालिका २ का रामजी प्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले जनही एक लाख रुपैया जितेका हुन् ।
डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठकोमा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । डिशहोमको तर्फबाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरे ।
प्रतिक्रिया दिनुहोस्