Shikhar Insurance
National Life

कालोमोसो आन्दोलन विरुद्ध एकजुट भए बैंकर्स, भन्छन्ः ऋण लिएपछि तिर्नुपर्छ

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १८, बिहीबार १७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका विरुद्ध आन्दोलन जारी आन्दोलन विरुद्ध बैंकरहरु एक जुट भएका छन् । बाणिज्य बैंका सिईओहरुको संस्था नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्त कम्पनी बैंकर्स संघ र लघुवित्त वित्तिय संस्था बैंकर्स संघले संयुक्त धारणा अघि सार्दै आन्दोलनले देशलाई ठिक बाटोमा नलैजाने बताएका हुन् ।

‘पछिल्लो समय केही व्यक्तिहरुले बैंक÷वित्तीय तथा लघुवित्त संस्थाहरु विरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको घोषणा तथा कर्मचारीहरु हतोत्साही हुने गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु र अराजक व्यवहार प्रति हाम्रोे गम्भिर ध्यानाकर्षण भएको छ ।’
बैंकर्सहरुले कुनै पनि बिरोधको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई हुने अराजक घट्नालाई समयमैै नियन्त्रण गर्ने तर्फ राज्यको ध्यान जानुपर्नेमा पनि जोड दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंक तथा वित्तीय संस्थाहरुले ४ करोड ८३ लाख भन्दा धेरै निक्षेप खाता मार्फत झण्डै ५,४०० अर्ब निक्षेप संकलन र १८ लाख भन्दा धेरै ऋणीहरु मार्फत् रु ४,८०० अर्ब भन्दा धेरै कर्जा परिचालन गर्दै आइरहेकाले त्यसको संवेदनशिलता बुझ्न अनुरोध पनि उनीहरुले गरेका छन् ।

क्षेत्रले ५३,००० भन्दा धेरै प्रत्यक्ष रोजगारी सृजना गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले गत आ.व.मा राज्यलाई रु ३४ अर्ब भन्दा धेरै कर तिरेको र कोभिड संक्रमणमा व्याजदर छुट मार्फत ऋणीहरुलाई प्रत्यक्ष रुपमा १० अर्ब भन्दा धेरैको व्याजमा छुट दिएको पनि बैंकरले बताएका छन् ।
देशको दुरदराजमा लघुवित्त संस्थाहरुले झण्डै ६० लाख निक्षेप खाता तथा ३२ लाख भन्दा धेरै ऋणीहरुलाई सेवा प्रदान गर्नुका साथै २३,००० भन्दा धेरै प्रत्यक्ष रोजगारी समेत प्रदान गरेको पनि उनीहरुको दावी छ ।

‘कुनै पनि बैंक÷वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिए पछि नियमित रुपमा कर्जाको साँवा÷किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत छैन । विभिन्न शर्तहरुको अधिनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए पछि नतिर्ने भन्नु अराजकता हुनुका साथै यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्न सक्ने हुनाले यस प्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौं ।’, बैंकर्सहरुले भनेका छन् ।

बैंक/वित्तीय तथा लघुवित्त संस्थाहरु नियामक निकायद्वारा जारी गरिएको नीति/निर्देशन तथा विभिन्न ऐनको अधिनमा रही बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र आफ्ना ग्राहकहरुको हक–हित तर्फ सदैव सचेत रहने हुनाले कानून विपरित कुनै पनि गतिविधिहरु नगर्न र केही समस्या भएको खण्डमा सम्बन्धित संस्थासंग छलफल गरी अघि बढ्नु नै हितकारी हुने व्यहोरा अनुरोध गर्दर्छौ । साथै, आगामी दिनमा बैंकिङ्ग क्षेत्रलाई थप सबल र सुदृढ बनाउँदै मुलुकको आर्थिक विकासमा मद्दत गर्न सबै सरोकारवालाहरुको साथ र सहयोगकोे अपेक्षा गर्दछौं ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्