काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । मार्च १ तारिख (आज) आइओसी पेट्रोलियम पदार्थको मूल्य घटेको सूची पठाएको नेपाल आयत निगमले जानकारी दिएको छ । तर, नेपालमा भने, खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले प्रेस विज्ञमप्तीमार्फत् बताएको छ ।
आइओसीले बुधबार निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ ०५ पैसा घटेको छ । साथै, मट्टितेल प्रतिलिटर ३ रुपैयाँ ४० पैसा र हवाइ इन्धन प्रतिलिट ७ रुपैयाँ ०३ पैसाले घटेको छ ।
यता, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिण्डर ३ सय ३९ रुपैयाँ ०६ पैसाले बढेर आएको निगमद्वारा जारी विज्ञाप्तीमा उल्लेख छ ।
भारतबाट नयाँ मूल्यसूची आए पनि निगमले भने नेपालमा मूल्य नघटाउने निर्णय गरिसकेको छ । हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले प्रेस विज्ञाप्तीमा उल्लेख गरेको छ । अन्तराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उत्तारचढाबका कारण निगम लामो समयदेखि नोक्सानि सञ्चितीमा सञ्चालन भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्