Shikhar Insurance
National Life

लघुवित्तकर्मीमाथि विप्लव नेकपाको हमला, कालोमोसो दल्दै ‘जनकारवाही’काे धम्की

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १७, बुधबार १४:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुमाथि राजनीतिक दलका कार्यकर्ताहरुले हमला गर्न थालेपछि लघुवित्तकर्मीहरुले त्यसको विरोध गरेका छन् । जाजरकोटमा एनआइसी एशिया लघुवित्तको फिल्डमा गएका कर्मचारीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहले कालोमोसो दलेपछि सोको विरोध लघुवित्त बैंकर्स संघले गरेको हो ।

फागुन १७ गते बुधबार (आज) बिहान जाजरकोटको भेरी नगरपालिकामा किस्ता उठाउन गएका एनआइसी एशिया लघुवित्तका कर्मचारी गोपालप्रसाद उपाध्यायलाई विप्लवका कार्यकर्ताले कालोमोसो दलेका थिए । विप्लप समुहकोतर्फबाट सार्वएजनिक रुपमै विज्ञाप्ती जारी गरी सो कार्य आर्फले गरेको स्वीकार गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेकपा कम्युनिस्ट पार्टी जाजरकोटका सेक्रेटरी विराजन सीद्वारा हस्ताक्षर भएको सो विज्ञाप्तीमा भनिएको छ–‘पछिल्लो समय वित्तिय संस्थाको अमानवीय आर्थिक शोषणले गर्दा जनता मर्न बाध्य भएका छन्, धेरै वस्तिहरु घरबार बिहिन भएका छन् । जाजरकोट जिल्लाका विभिन्न वस्तिमा यस्ता अपराधिक संस्थाहरुले दमन गरिरहेको, शोषण गरिरहेको, डर, धम्की, त्रास देखाई रकम असुल गरिरहेको अवस्थामा भेरी नगरपालिका वडा नं। १९ कटिगाउँमा जनताले एन आईसी लघुवित्त वित्तिय संस्थालाई जनकारबाही गरेका छन् । यो कार्वाहीमा हाम्रो पार्टीको एक्यवद्धता व्यक्त गर्न चाहान्छौं । साथै आगामी दिनमा जनतालाई यस्ता प्रकारका डर, धम्की, त्रास देखाई रकम असुल गर्ने कार्य गरेको सन्दर्भमा थप कार्वाही गर्ने जानकारी सहित त्यसबाट हुने क्षति सम्बन्धित कार्यालयनै हुने जानकारी गर्दछौं ।’

लघुवित्तले चर्को ब्याज असुलेको, पटक–पटक घरमा ताला लगाउने धम्की दिएको र घरबारविहिन बनाएको भन्दै किस्ता उठाउन आएका लघुवित्तका कर्मचारीलाई कालोमोसो दलिएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसरी सार्वजनिक रुपमा कर्मचारीलाई कालोमोसो दल्न थालेपछि त्यसको कानुनी उपचार खोज्ने नेपाल लघुवित्त वित्तीय संस्था बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताएका छन् । आफ्नो जिम्मेवारी बहन गर्दै समुहमा किस्ता उठाउन गएका कर्मचारी अपराधी करार गर्दै कालामोसो दल्ने कार्यको कानुनी उपचार खोजिने उनले बताएका हुन् ।

‘यस्तोकार्य गरेर लघुवित्तलाई दानबीकरण गरिँदैछ, लघुवित्तका ऋणीहरुको आज देखिएको समस्याको कारण के हो? कसको गल्तीले समस्या सिर्जना भए ? समाधान के हुन सक्छ ? त्यसकहो खोजी नभइ राजनीतिक स्वार्थका लागि लघुवित्तकर्मीलाई हमला गरिएको विषयबारे हामी कानुनी उपचारको खोजी गछौं,’ संघका अध्यक्ष शर्माले भने, ‘जाजरकोट जस्तो ठाऊमा आफनो जीविकोपार्जनको लागि कामगरी राखेको एउटा फील्डस्तरको कर्मचारीले बिभिन्न दुःख कस्ट झेल्दै घर दैलोमा वित्तीय सेवा दिनु अपराध हो ? किन ती कर्मचारीलाई कालोमोसो दलियो ? के अब पनि यस्तै नियति सहन बाध्य हुनू पर्ने हो ? हामीलाई अपराधी करार गरिएको छ। यस्तो अवस्थामा लघुवित्तको सेवा कसरी सुचारू गर्ने ? यो क्षेत्रमा शान्ती सुरक्षाको व्यवस्था गरियोस् ।’

कुनै स्वार्थसमूह राजनीतिक अस्थिरताको बीच आर्थिक अस्थिरता ल्याई देशलाई अझ दलदलमा फसाउन खोजेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्