काठमाडौं । जीवन बीमा कम्पनीहरुले ७ महिनामै ८३ अर्ब रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएका छन् । सञ्चालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल ८३ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
जसमध्ये सो अवधिमा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ६६ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेका हुन् ।
चालु आवको ७ महिनामा कुल बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स अब्बल भएको छ । सो अवधिमा नेपाल लाइफ नै प्रथम र नवीकरण बीमा शुल्क संकलनमा अब्बल रहेको छ । सो अवधिमा नेपाल लाइफले ३ अर्ब ३ करोड २८ लाख रुपैयाँ नवीकरण र १८ अर्ब ६१ ३९ लाख रुपैयाँ प्रथम गरी कुल २१ अर्ब ६४ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
सो अवधिमा प्रथम बीमा शुल्क आर्जनतर्फ दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (मेट लाइफ) र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् । चालु आवको ७ महिको अवधिमा मेट लाइफले ८ अर्ब ९१ करोड २४ लाख रुपैयाँ र नेशनल लाइफले ६ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।
साथै, नवीकरण बीमा शुल्क संकलनमा नेशनल लाईफ दोस्रो र तेस्रो नम्बरमा सुर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छन् । चालु आवको ७ महिनामा नेशनलले १ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ र सुर्यज्योतिले १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका हुन् ।
कुल बीमा शुल्क संकलनमा पनि सो अवधिमा नेपाल लाइफ पछि मेट र नेशनललाइफ नै अग्र स्थानमा छन् । मेटलाइफले १ अर्ब ३१ करोड नवीकरण र ८ अर्ब ९१ करोड रुपैयाँ प्रथम गरी कुल १० अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साथै, नेशनल लाइफले १ अर्ब ९८ करोड नवीकरण र ६ अर्ब ९९ करोड रुपैयाँ प्रथम गरी कुल ८ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।
बीमा प्राधिकरणद्वारा उपलब्ध तथ्यांकअनुसार सो अवधिमा ४ वटा कम्पनीको कुल बीमा शुल्क संकलन ५ अर्बमाथि, १३ अर्ब कम्पनीको १ अर्बमाथि ५ अर्बसम्म र महालक्ष्मी लाइप्mको १ अर्ब रुपैयाँभन्दा कम रहेको छ ।
जसमा ४ वटा कम्पनीको प्रथम बीमा शुल्क संकलन ५ अर्ब माथि, १२ वटा कम्पनीको १ अर्बमाथि ४ अर्ब रुपैयाँसम्म र २ वटा कम्पनीको प्रथम बीमा शुल्क १ अर्ब रुपैयाँभन्दा कम छ । साथै, चालु आवको ७ महिानामा ६ वटा कम्पनीले १ अर्बमाथि नवीकरण बीमा शुल्क संकलन गर्दा ६ वटा ५० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म र ६ वटाले ५० करोड रुपैयाँभन्दा कम नवीकरण बीमा शुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्