Shikhar Insurance
National Life

उर्जामा लगानीका लागि ‘क्यापिटल इन्भेस्टमेन्ट प्लान’, २०२७सम्म नेपाल बिजुलीमा आत्मनिर्भर हुने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १६, मंगलवार १७:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको ऊर्जा क्षेत्र विकासका लागि लगानीका नयाँ स्रोत खोजिनुपर्ने बताएका छन् ।
अमेरिकी सहयोग नियोग (युएसएड) ऊर्जा नेपाल कार्यक्रमले काठमाडौँमा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रका लागि वित्तपोषण’ विषयक कार्यशालाका उनले सो बताएका हुन् ।

नेपालको दीर्घकालीन ऊर्जा सुरक्षाका लागि ठूलो लगानी आवश्यक रहेकाले लगानीका स्रोतहरूमा विविधिकरण खोजिनुपर्ने उनको धारणा छ । कार्यशालामा कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत् क्षेत्रमा उत्पादन, प्रसारण र वितरण तीनवटै क्षेत्रमा लगानी आवश्यक रहेको बताए । त्यसका लागि विद्युत् प्राधिकरणले पूँजी लगानी योजना (क्यापिटल इन्भेस्टमेन्ट प्लान) बनाउन लागेको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“दीर्घकालीन योजनासहितको क्यापिटल इन्टेस्टमेन्ट प्लान तयार भइरहेको छ । यसले उत्पादन, प्रसारण, वितरणलगायतका क्षेत्रमा हामीलाई चाहिने लगानीको आवश्यकता कति हो भन्ने अध्ययन गरेको छ ।”, घिसिङले भने। उत्पादनतर्फ माथिल्लो अरुण, दूधकोसी, अरुण–४, तामाकोसी–५, चैनपुर सेती, मोदीखोलालगायत जलविद्युत् आयोजना निर्माणका लागि तयारी अवस्थामा रहेको बताउँदै कार्यकारी निर्देशक घिसिङले ती आयोजनामा लगानी जुटाउनु चुनौती रहेको उल्लेख गरे ।

त्यस्तै प्रसारण आयोजना र वितरण प्रणाली सुदृढीकरणका लागि पनि लगानी चाहिने उनको भनाइ छ । विद्युत् प्रसारणतर्फ पूर्व–पश्चिम जोड्नेगरी ४ सय किलोभोल्ट (केभी) क्षमताका दुईवटा आयोजना, भारतसँग जोड्ने तीनवटा अन्तरदेशीय प्रशारणलाइन र चीनसँग जोड्ने एउटा अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि प्राधिकरणले पहल थालिसकेको उनले जानकारी दिए । प्राधिकरणले अघि सारेका स्मार्ट मिटरिङ आयोजना र ग्रीन हाइड्रोजन कार्यक्रमका लागि पनि वित्तीय स्रोत आवश्यक रहेको घिसिङले बताए ।

नेपाल सन् २०२६ सम्ममा सुख्यायाममा पनि बिजुलीमा आत्मनिर्भर हुने उनको भनाइ छ । “हामी सन् २०२६–२०२७ सम्म बिजुलीमा आत्मनिर्भर हुन्छौँ । त्यो बेला नेपालले वर्षायाममा करिब १ खर्ब रुपैयाँ बराबरको १४ करोड युनिट बिजुली बिक्री गर्ने हाम्रो अनुमान छ ।” घिसिङले भने ।

काठमाडौँ उपत्यकालगायत मुख्य सहरी क्षेत्रको वितरण प्रणाली सुदृढीकरणका लागि पनि लगानी आश्यक रहेको उनले बताए ।

सन् २०५० सम्ममा काठमाडौँ उपत्यकामा मात्र ३ हजार २ सय मेगावाट बराबर बिजुली खपत हुने अनुमान गरिएकाले त्यसका लागि संरचना तयार पार्न आवश्यक रहेको उनको भनाइ छ । “अहिले काठमाडौँ उपत्यकाको वितरण प्रणालीले करिब ५ सय मेगावाट बिजुली मात्रै आपूर्ति गर्न सक्छ । तर सन् २०५० सम्ममा उपत्यकाको विद्युत् माग तीन हजार दुई सय मेगावाटसम्म पुग्ने अनुमान प्राधिकरणलको छ । त्यसका लागि संरचना तयार पार्ने काम प्राधिकरणले सुरु गरिसेको छ ।” उनले भने ।

काठमाडौँ उपत्यकाको वरिपरि २ सय २० केभी क्षमताको प्रशासरण लाइन निर्माण गर्ने, उपत्यकाभित्रको सबै एक सय ३२ केभी प्रशारण लाइनलाई भूमिगत गर्ने र उपत्यकाभित्र थप २० वटा सवस्टेशन निर्माण गर्नेगरी प्राधिकरणले काम गरिरहेको उनले बताए । त्यस्तै, देशभरका मुख्य सहरी क्षेत्रमा विद्युत् व्यवस्थापनको दीर्घकालीन कार्ययोजना तयार पारिएको पनि घिसिङको भनाइ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्