काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले यस अघि घोषित लाभांशको दर घटाएको छ । पुस १८ गते घोषित लाभांशलाई कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशतले नै घटाएको हो ।
नेपाल बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृती यसअघि घोषित लाभांश वित्तीइ विवरणको क्षमताभन्दा बढी भएको भन्दै संशोधन गर्न निर्देशन दिएपछि कम्पनीले लाभांशदर घटाएको उल्लेख गरेको छ ।
गत पुस १८ गते कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट ६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले त्यसलाई संशोधन गरी ३.५० प्रतिशतमात्रै लाभांश वितरण गर्ने निर्णय सञ्चालक समितिले गरेको हो ।
सोमध्ये ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१७५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्