Shikhar Insurance
National Life

सिंहदरबारभित्र केन्द्रीय क्यान्टिनमा भेटियो अखाद्य वस्तु, सञ्चालक भट्टलाई ३ लाख रूपैयाँ जरिवाना

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १५, सोमबार १२:१५
Hyundai
NCELL
NIMB

काठमाडौँ । सिंहदरबार परिसर भित्र रहेको केन्द्रीय क्यानटिमा अखाद्य वस्तु भेटिएको छ । क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा तथा मसला भेटिएको हो ।

विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनका क्रममा उक्त क्यान्टिनमा बिग्रिएको खानेकुरा, खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेको विभागले जनाएको छ । यससँगै टोलीले त्यस्ता वस्तुहरू तत्काल नष्ट गरेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मुलकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनले उपभोक्तालाई अखाद्य वस्तु खुवाउने पृष्टि भएपछि विभागले सञ्चालकलाई नगद जरिवाना लिएको छ ।

विभागले क्याटिन सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरितको कसुर गरेको हुँदा तत्काल ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ । सो क्यानटिनले बाहिर प्रति बोटल२० रुपैयाँमा पाइने पानीलाई समेत २५ रुपैयाँ असुल्ने गरेको पाइएको, क्यान्टिन असाध्यै फोहोर तथा दुर्गन्धित भएको विभागले उल्लेख गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्