काठमाडौं । सिद्धार्थ प्रिमियमर इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार फागुन १७ गतेदेखि हुने भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्जर बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्न लागेका हुन् ।
कम्पनीलाई बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डले मर्जरका लागि अन्तिम स्वीकृति दिईसकेका छन् । दुबै कम्पनीको फागुन ११ गते सम्पन्न भएको एकीकृत मर्जर कमिटीको बैठकले फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको थियो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओको जिम्मेवारी बीरेन्द्र बैदवारले पाउनेछन् । उनी हाल सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सिईओ छन् भने बीमक संघका उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । बबरमहलमा रहेको सिद्धार्थ इन्स्योरेन्सकै कार्यालय नयाँ कम्पनीको पनि केन्द्रिय कार्यालय रहनेछ ।
दुबै कम्पनबीच प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)को १ कित्ता सेयर बराबर सिद्धार्थ इन्स्योरेन्सको १ कित्ता (१ः१) हुने गरी मर्जरमा जाने समझदारी भएको थियो । मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्