काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बार्षिक साधारणसभा डाकेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले चैत ६ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभाले कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने, प्रज्ञापनपत्रमा संशोधन गर्ने, सार्वजनिक शेयर जारी गर्ने प्रस्तावहरु पास गर्नेछ । आइएमई लाइफ पनि चैत मसान्तभित्र ५ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यतामा छ । कम्पनीले मर्जरका लागि कुनै प्रयास गरेको छैन् । आईपीओ जारी नै नगरेका केहि कम्पनीहरुलाई बीमा प्राधिकरणले प्रिमियममा आईपीओ निष्काशन गर्ने अनुमति दिईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्