Shikhar Insurance
National Life

नेप्सेमा सामान्य सुधार, हुँदा साढे २ अर्ब रुपैयाँ बराबरको कारोबार

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १४, आईतवार १६:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । तीव्र उतारचढावकाबीच नेप्से परिसूचक आज ४.५५ अङ्कले बढेर २ हजार २७ विन्दुमा कायम भएको छ । १ हजार ९६३ को न्यूनतम विन्दुसम्म झरेको परिसूचक सम्हालिएर बजार बन्द हुने बेला केही अङ्कले बढेको हो ।

नेप्सेका अनुसार आज २ सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार ८ सय ५२ कित्ता सेयर ५० हजार ५ सय ३२ पटक खरिदबिक्री हुँदा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने अरु समूहको उपसूचक बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकिङ समूह ११.९१, जीवन बीमा समूह १३.९६, उत्पादन समूह १४.८५, म्युचुअल फन्ड ०.०१ र व्यापार समूह ३०.५० अङ्कले घटेको छ । आज लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै १ सय ८.४५ अङ्कले बढेको छ ।

त्यस्तै विकास बैंक समूह ३०.२०, वित्त समूह २३.९०, होटल तथा पर्यटन समूह ७२.२१ र जलविद्युत् समूह १८.८८ अङ्कले बढेको छ । त्यस्तै, लगानी समूह ०.३९, निर्जीवन बीमा समूह २७.५९ र अन्य समूहको उपसूचक ८.३४ अङ्कले बढेको छ ।

आज विजया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ७.९४ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फन्ड–१ का लगानीकर्ताले प्रतिकित्ता ७.८५ प्रतिशतका दरले गुमाएका छन् । आज हिमालय डिस्टिलरी लिमिटेडको सबैभन्दा धेरै १० करोड ५८ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्