Shikhar Insurance
National Life

माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको छःअध्यक्ष ओली

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार १८:१८
Hyundai
NCELL
NIMB

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् ।

उनले आज(फागुन ११ गते बिहिबार) बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धन पनि नटुट्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष ओलीले सञ्चारकर्मीसँग भने, “राष्ट्रपति निर्वाचनमा प्रचण्डजीले एमालेलाई धोका दिँदैन भन्ने हामीलाई विश्वास छैन, माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको छ, प्रचण्डजीले सम्झौताअनुसार एमालेलाई साथ दिन्छ ।”

उनले एमालेसँग भएको सम्झौता तोडेर माओवादी केन्द्रले अरुसँग सम्झौता गर्न नमिल्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्