Shikhar Insurance
National Life

राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तको सेयर मूल्य उच्च गिरावट, ३७ वटामा नकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार १५:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको लाभांश वितरणमा कडाइ गरेसँगै बिहिबार लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उच्च अंकको गिरावट आएको छ ।

बुधबार निर्देशन जारी गर्दै केन्द्रिय बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको थियो। सोही कारण यस दिन बजार खुलेदेखि नै लघुवित्त कम्पनीहरुको सेयरमा उच्च खरिदबिक्रीको चाप देखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्लो पाँच कारोबारको दिन पछि बुधबार ३३ अंकले बढेको सेयर बजार बिहिबार पुनः घटेर बन्द भएको हो । बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट हुँदा परिसूचक दुई हजार विन्दु नजिक आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५७.७४ अंकले घटेर २,०२२.६४ को विन्दुमा बन्द भएको छ । भने, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ११.९५ अंकले घटेर ३८४.४० को विन्दुुमा बन्द भएको छ ।

दिनभरीमा २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन नेप्से परिसूचक ३३.५७ अंकले बढ्दा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्से परिसूचक उल्लेख्य घटेपनि कारोबार रकम भने केहि सुधार देखिएको छ ।

यसदिन कारोबारमा आएको १४ कम्पनीको सेयर मूल्य बढेको छ । २०३ कम्पनीको सेयर मूल्य बटेको छ । भने, १ कम्पनीको सेयर मूल्य स्थिर छ । बिहिबार नेपाल हाइडो डेभलपर्सको सेयर मूल्य सबैभन्दा बढी ४.८२ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार बिहिबार परिसूचक ५७.७४ अंकले घट्दा ३७ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमको आधारमा यसदिन छिमेकी लघुवित्त शीर्ष स्थानमा छ । लघुवित्तको ८ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, एनआइसी एशीया बैंकको ७ करोड ९६ लाख, हिमालयन डिस्टिलरीको ७ करोड २१ लाख, साना किसान लघुवित्तको ६ करोड ६ लाख र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइ शीर्ष पाँचभित्र रहेको छ ।

लघुवित्त कम्पनीहरुको शसेयर मूल्य उच्च दरले घटेसँगै यस दिन लघुवित्त उपसमूहको परिसूचक पनि उच्च दरले घटेको छ। यस दिन सो उपसमूहको परिसूचक सर्वाकि ९.५४ प्रतिशत घटेको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्