Shikhar Insurance
National Life

नेप्से घट्ने क्रमले पायो निरन्तरता, ५ दिनको कारोबारमा १३५.६० अंकले घट्यो

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ८, सोमबार १५:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । गत साताको सोबारदेखि निरन्तर रुपमा ओरालो लागेको सेयर बजार पाँचौं कारोबारको दिन पनि घटेर बन्द भएको हो । ५ कारोबारको दिनमा नेप्से परिसूचक १३५.८२ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार २३.६० अंकले घटेर २,०४६.८१ को विन्दुमा बन्द भएको छ । भने ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स ४.९१ अंकले घटेर ३९१.५४ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात बिहिबार नेप्से परिसूचक २१.१५ अंकले घट्दा १ अर्ब ६८ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्से घटेपनि कारोबार रकममा भने कही सुधार देखिएको छ ।

नेप्सेका अनुसार कारोबारमा आएको ३२ कम्पनीको सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने, ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सोमबार राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, र्दोदीखोला जल विद्युत कम्पनीको सेयर मूल्य ४.१७ प्रतिशतले बढेको छ भने, जीवन विकास लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ९.१५ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको २० करोड ८२ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ११ करोड ४८ लाख ४७ हजार, जीवन विकास लघुवित्तको ६ करोड ५५ लाख ५५ हजार, एनआइसी एशीया बैंकको ५ करोड ५५ लाख र सानिमा बैंकको ४ करोड ६५ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२० प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्