काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक मिडिया सिंहदरबार डटकमलाई वार्षिक उत्सवको शुभकामना दिएका छन् । कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित सिंहदरबार डटकमलाई अर्थमन्त्री पौडेलले दोस्रो वार्षिक उत्सवको बधाइ तथा शुभकामना दिएका हुन् ।
सिंहदरबार डटकमलाई अर्थमन्त्री पौडेलले लिखित शुभकामना संदेश दिँदै भनेका छन्, –‘आर्थिक पत्रकारितामा केन्द्रित भइ शु? गरिएको सिंहदरबार डटकम दोस्रो वर्ष पुरा गरी तेस्रो वर्ष प्रवेश गरेको अवसरमा हार्दिक बधाई र शुभकामना दिन चाहन्छु । नेपालको अर्थतन्त्रको दिगो विकासका लागि विभिन्न समाचार, विचार र विश्लेषणको लक्ष्यसहित अघि बढेको सिंहदरबार डटकमले यस अवधिमा आफ्नो छुट्टै पहिचान बनाएको छ । नेपालको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीहरूलाई समाधान गर्दै अर्थतन्त्रलाई पुनः लयमा ल्याउनुपर्ने दायित्व हामी सामु छ । अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्र, विकास साझेदार, सरोकारवाला पक्ष लगायतसँग समन्वय र सहकार्य गर्दै अघि बढेको छ । अर्थतन्त्रका विविध पक्षलाई सरल र सहज ?पमा जनताबीच पुयाई मुलुकको विकास र समृद्धिमा थप योगदान पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरोस् भन्दै सिंहदरबार डटकमको थप प्रगतिको कामना गर्दछु ।’
अर्थतन्त्रका विविध पक्षलाई सरल र सहज रूपमा जनताबीच पुयाई मुलुकको विकास र समृद्धिमा थप योगदान पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिंहदरबार डटकमको आगामी यात्रा सफलताको शुभकामना अर्थमन्त्री पौडेलले दिएका हुन् ।
सिंहदरबार डटकम २०७७ साल फागुन ७ गतेदेखि अनलाइन पत्रिकाको रूपमा पत्रकारीता क्षेत्रमा सञ्चालनमा आएको हो । सो यता यस मिडियाले सकारात्म चेत सहितका सामाजिक, राजनीतिक तथा विषेश गरी आर्थिक क्षेत्रमा कलम चलाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्