Shikhar Insurance
National Life

‘आर्थिक मिडियाहरुमा सिंहदरबारले भिन्न छवि बनाउँदै बैंकिङ क्षेत्रमा थप योगदान गरोस्’

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ७, आईतवार ११:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले सिंहदरबार डटकमलाई सम्पूर्ण बैंकिङ क्षेत्रकोतर्फबाट वार्षिक उत्सवको बधाई तथा शुभकामना दिएका छन् । डेपुटि गभर्नर मिश्रले कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित सिंहदरबार डटकमलाई दोस्रो वार्षिक उत्सावको शुभकामना दिएका हुन् ।

‘सिंहदबार डटकमले नयाँ आएका आर्थिक मिडियाहरुमध्ये भिन्न प्रकारले सत्यतथ्यमा आधारित भएर विश्लेषणात्मक समचार तथा लेखहरु प्रकाशित गरिरहेको छ । जुन नेपालको बैंकिङ क्षेत्र तथा समर्ग अर्थतन्त्र विकासमा सहयोगी सबित भइरहेको छ । जुनसुकै क्षेत्रको विषयबारे जनतालाई सुसूचित गराउँदै सम्बन्धित पक्षलाई खबरदारी गर्नु महत्वपूर्ण पक्ष हो । मिडियाहरुले गर्ने सुचनाको प्रवाहले समाजमा धेरै महत्वपूर्ण भुमिका खेल्छ । त्यस्तो सुचना आगामी दिनमा सिंहदरबारले थप तथ्यपरक भएर प्रवाह गरोस् । नेपाल राष्ट्र बैंकको तर्फबाट आर्थिक पत्रकारहरुलाई विभिन्न समयमा क्षमता विकासको लागि सहकार्य गरिरहेका छौं । जुन आगामी दिनमा सिंहदरबार डटकमसँग पनि हुनेछ । सिंहदरबार डटकमलाई दोस्रो वर्षपूरा गरी तेस्रो वर्षमा प्रवेश गरेमा व्यक्तिगततर्फबाट र राष्ट्र बैंक तथा सम्पुर्ण बैंकिङ क्षेत्रको तर्फबाट बधाइ तथा आगामी दिनमा थप सफलताको शुभकामना ।’, डेपुटी गभर्नर मिश्रले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिंहदबार डटकम २०७७ फागुन ७ गतेदेखि नेपाली पत्रकारीताको क्षेत्रमा अनलाइन पत्रिकाको रुपमा सञ्चालनमा आएको हो । सिंहदरबार डटकमले राजनीति र सामाजिक क्षेत्रका आर्थिक विषयहरुमा कलम चलाउँदै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्