Shikhar Insurance
National Life

प्रजातन्त्र दिवसमा पूर्व राजाको वक्तव्यः दलहरुले मिल्ने प्रस्ताव नल्याए चुप लागेर नबस्ने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ६, शनिबार २१:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अघिल्लो दिन अर्थपूर्ण राजनीतिक वक्तव्य जारी गरेका छन् । ७३ औं प्रजातन्त्र दिवसको शुभकामना जारी गरेका पूर्व राजा शाहले राजनीतिक दल र राजसंस्था मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका हुन् । उनले देश अधोगतिमा लागेकाले अब आफु चुप लागेर नबस्ने चेतावनी पनि उनले दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक विग्रहको स्थिति देखापरेको आरोप पनि लगाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्