काठमाडौं । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले सिंहदरबार डटकमलाई वार्षिक उत्सवको शुभकामना दिएका छन् । लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेत रहेका संघका अध्यक्ष शर्माले अनलाइन पत्रिका सिंहदरबारलाई दोस्रो वार्षिक उत्सबको शुभकामना दिएका हुन् ।
‘वृहत्तर आर्थिक पक्षलाई समेटेर सुरु भएको सिंहदरबार डटकमले दुई वर्ष पुरा गरि तेश्रो बर्ष प्रवेश गरेको अवसरमा सम्पुर्ण टिमलाई व्यक्ति तथा लक्ष्मी लघुवित्तको तर्फबाट हार्दिक बधाई र शुभकामना दिन चाहान्छु । बजारमा बग्रेल्ती खुलेका आर्थिक अनलाइनहरुमध्ये सिंहदरबारले यो दुईबर्से यात्राका दौरान आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको छ । सत्य र तथ्यलाई सन्तुलित हिसाबले प्रस्तुत गर्ने सिंहदरबार डटकमको म पनि एउटा नियमित पाठक हुँ । सिंहदरबार डटकममा प्रकाशित समचार तथा लेखहरु लघुवित्त क्षेको प्रवद्र्धन गर्नमा सहयोगी भुमिका निर्वाह गरेको लघुवित्त क्षेत्रका पाठकहरुले महशुस गरेका छौं । सिंहदबार डटकमका सम्पादक नारायण जी र सम्पुर्ण टिमलाई सम्पुर्ण लघुवित्त संस्थाहरुको तर्फबाट आगामी दिनमा सफलताको शुभकामना दिन चाहन्छौं ।’-उनले भने ।
सिंहदरबार डटकमले नेपालको लघुवित्त क्षेत्रको दिगो विकासका लागि आलोचनात्मक दृष्टिकोणसहित महत्वपूर्ण योगदान दिईरहेको अनुभूति गरेको उनले बताए । कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित आर्थिक अनलाइन पत्रिका सिंहदरबार डटकम २०७७ साल फागुन ७ गतेदेखि सञ्चालनमा आएको हो । सो यता यस मिडियाले सकारात्मक चेत सहितका सामाजिक, राजनीतिक तथा विषेश गरी आर्थिक क्षेत्रमा कलम चलाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्