Shikhar Insurance
National Life

सिंहदरबारले धितोपत्र बजारको नीति निर्माणमा सहयोगी भूमिका खेलेको छः अध्यक्ष हमाल

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ७, आईतवार १२:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । सिंहदरबार डटकमलाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले तेस्रो वार्षिक उत्सवको अवशरमा बधाई तथा शुभकामना दिएका छन् । उनले कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित अनलाइन पत्रिका सिंहदरबार डटकमको थप प्रगतिको सहितको शुभकामना दिएका हुन् ।

विषेश गरी आर्थिक क्षेत्रका विषयहरुमा कलम चलाइरहेको सिंहदरबार डटकमले नेपालको धितोपत्र बजार सम्बन्धि निष्पक्ष र तथ्यपकर समचार सम्पे्रषण गर्दा नियमकारी निकायलाई नीति निर्माणमा थप सहयोग पुगेको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘यो २ वर्षको अवधिमा सिंहदरबार डटकमले विषेश गरी धितोपत्र बजारको दायरका विषयहरुमा प्रष्ट्याई सहित सन्तुलित सन्तुलित सुचना प्रवाह गर्ने गरेको छ । धितोपत्र बजार सम्बन्धि निष्पक्ष र तथ्यपकर समचार सम्पे्रषण गर्दा नियमकारी निकायलाईए नीति निर्माणमा थप सहयोग पुगेको हुँदा नारायण जी सिंहदरबार डटकमका सम्पुर्ण टिमलाई आभार प्रकट गर्न चाहन्छु ।’

आगामी दिनमा पनि सिंहदरबरले धितोपत्र बजारको विकास र लगानीकर्ताहरुको हित संरक्षणको लागि आफ्नो भुमिका बढाउनेछ भन्ने विस्वास गर्दै धितोपत्र बोर्डको तर्फबाट सिंहदरबारसँग सदैब सहकार्य गर्ने प्रतिवद्धता उनले गरे । कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित आर्थिक अनलाइन पत्रिका सिंहदरबार डटकम २०७७ साल फागुन ७ गतेदेखि सञ्चालनमा आएको हो । सो यता यस मिडियाले सकारात्मक चेत सहितका सामाजिक, राजनीतिक तथा विषेश गरी आर्थिक क्षेत्रमा कलम चलाइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्