Shikhar Insurance
National Life

सिंहदरबारले आफ्नो कार्यक्षेत्रमा अझ परिष्कृत हुन सहयोग गरेको छ–माछापुच्छ्रे बैंक सीइओ कोइराला

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ७, आईतवार १४:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । वृहत्तर आर्थिक पक्षलाई समेटेर सुरु भएको सिंहदरबार डटकमले दुई वर्ष पुरा गरी तेश्रो बर्ष प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष कोइरालाले शुभकामना दिएका छन् । कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित यसका सिंहदरबार डटकम २०७७ फागुन ७ गतेदेखि सञ्चालनमा आएको हो । सो अवसरमा माछापुच्छ्रे बैंकका सीइओ कोइरालाले बधाई र शुभकामना दिँदै यस अनलाइन पत्रिकाले बैंक तथा वित्तीय क्षेत्रलाई पत्रकारिताको तर्फबाट दिनु पर्ने विशेष योगदान दिएको बताए ।

‘अनगिन्ती आर्थिक अनलाइनहरुमध्ये सिंहदरबारले यो दुई बर्से यात्राका दौरान आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको छ । यो मिडियाले बैंक तथा वित्तीय क्षेत्रमा उठेका विषयहरुलाई विश्लेषणात्कम तबरले प्रस्तुत गर्दै आएको छ । सत्य र तथ्यलाई सन्तुलित हिसाबले प्रस्तुत गर्ने सिंहदरबार डटकमको म पनि एउटा नियमित पाठक हुँ । सिंहदरबारको लेखले मलाई मरो कार्य क्षेत्रमा अझ परिष्कृत हुन सहयोग गरिरहेको छ । देशको आर्थिक उन्नतिमा सवल सक्षम तबरले समचार सम्प्रेषण गर्ने विषयमा सिंहदरबार डटकम टिम जसरी अघि बढिरहेको छ, भविष्यमा यसले निरन्तरता पावोस् भन्ने कामना सहित सम्पुर्ण टिमलाई प्रगतिको शुभकामना ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिंहदरबार डटकमले नेपाली बैंकिङ क्षेत्रको प्रवद्र्धनमा आलोचनात्मक दृष्टिकोणसहित महत्वपूर्ण योगदान दिईरहेको अनुभूति बैंकिङ क्षेत्रका सम्पुर्ण पाठकले गरेको उनको भनाइ छ ।

सिंहदरबार डटकम २०७७ साल फागुन ७ गतेदेखि अनलाइन पत्रिकाको रूपमा पत्रकारीता क्षेत्रमा सञ्चालनमा आएको हो । सो यता यस मिडियाले सकारात्म चेत सहितका सामाजिक, राजनीतिक तथा विषेश गरी आर्थिक क्षेत्रमा कलम चलाइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्